संस्थाको परिचय

ओम कुमारी पुन शान्तिलाई जीवनदान दिने उद्देश्यका साथ २०७० साल वैशाख २४ गतेको भेलाले २०७० साल वैशाख २५ गते भेला सम्पन्न गर्यो । भेलाले संयोजक चन्द्रकुमार के.सी., सह–संयोजक प्रमोद श्रेष्ठ, सचिव राजकुमार थापा, कोषाध्यक्ष हरिकृष्ण गौतम, सदस्यहरु कुविरकुमार श्रेष्ठ, सन्तोष रावल, राजेश शाक्य, बालकुमार रोका मगर, मनप्रसाद थजाली, घनश्याम सापकोटा, हरि गिरी, विनय श्रेष्ठ, खम बहादुर थापा, पूर्णबहादुर रोका, लोकेश पुन, किरण सापकोटा र गोविन्द सुवेदी रहेको ‘ओमकुमारी पुन (शान्ति) उपचार सहयोग समिति गठन भयो । २०७१ भाद्र २६ गते बसेको उपचार समितिको बैठकले आर्थिक सहयोग संकलन रु. ५५,१०,४१०। र बैंक ब्याज रु. ११०,४९१।१६ गरी कुल आम्दानी ५६२०९०१।१६ साथै उपचार खर्च रु ४२,२३,८६०।– गरी बचत रु. १३९७०४१।१६ रहेको आयव्यय अनुमोदन गर्यो । उपचार समितिले शान्तिलाई पुनर्जीवन प्रदान गर्न नसकेपनि म्याग्दी जिल्लामा आर्थिक अभावमा मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यका साथ बचत रकमलाई मुल अक्षय कोषमा परिणत गरी एक पवित्र परोपकारी संस्था खोल्ने निर्णय गरी ओमकुमारी शान्ति कोषको स्थापना भयो। थप पढ्नुहोस

समाचार तथा गतिविधि

मृगाैला फेल बिरामीलाई उपाचार्थ आर्थिक सहयाेग

म्याग्दी जिल्ला धौवलागिरी गाउँपालिका वडा नं. २, लुलाङ निवासी सत बहादुर वि.क. को श्रीमति बर्ष २७ की ओषना वि.क. को मृगौला फेल भई हाल गण्डकी हस्पिटलमा उपचार गराउनु भएका निज…
Read more

खुट्टामा गम्भिर चोटका बिरामीलाई आर्थिक सहयाेग

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ३, भकिम्ली निवासी राजेन्द्र बहादुर वि.क. छोरी बर्ष १० की सारा वि.क. को बायाँ खुट्टामा गम्भिर चोट लागि नर्भिक हस्पिटल, काठमाण्डौमा उपचार गराउनु भएका…
Read more

मृगौला फेल पुर्जालाई उपचार आर्थिक सहयाेग

म्याग्दी जिल्ला धौवलागिरी गाउँपालिका वडा नं. ४, मुदी, बास्बोट निवासी छविलाल पुर्जाको छोरा बर्ष ४२ को सन्तोष कुमार पुर्जा मृगौला फेल भई हाल बेनी हस्पिटल हेमो डाइलेसिस गरिरहनुभएको निज पुर्जाको…
Read more

अध्यक्षको कलम

“म बाँच्न चाहन्छु” यो तीन अक्षरले बनेको शब्दले ध्यानाकर्षण नहुने मानिस नगन्य मात्रामा होलान । एक जना विरामी जो अस्पतालको वेडमा रोगसँग लडिरहेको छ उसले आफ्नो जीवन रक्षाको लागि आम मानिससँग गरेको अपिलको बाक्य हो यो । आज भन्दा झन्डै ६ वर्ष पहिले ओमकुमारी पुन “शान्ति” को मुखबाट निस्केको यो वाक्यले आज सयौ म्याग्देलीहरुको जीवन 
...थप
© 2025 - Om Kumari Trust. All Rights Reserved.