संस्थाको परिचय

“दिन जान्यो बाँच्न जान्यो” भन्ने पवित्र नारा लिएर २०७१ असोज २९ गते स्थापित भै विभिन्न आरोह अवरोहपार गरी यस अवस्थासम्म आइपुगेको ओमकुमारी शान्ति कोषको समिक्षात्मक प्रस्तुतीः

म बाँच्न चाहन्छु
ओहो ! सुन्दा पनि आश्चर्य लाग्ने । हाइपोप्लाष्टिक एनिमिया रोग – त्यो पनि २७ वर्षे युवतीलाई । होयस्तो ठूलो रोगको सामना गर्नुपर्येाम्याग्दी जिल्ला सिंगा गा.वि.स. – १, हाल बेनी नगरपालिका १३ म्याग्दीनिवासी ओमकुमारी पुन ‘शान्ति’ ले । बुबा धमानसिं पुन र आमा इन्द्रकली मगर्नीको माइली छोरी शान्तिलेअध्ययनसँगै रोजगारी गर्दागर्दै यस्तो रोगले सताएपछि सायदै बाँच्ने आश मारिन । उपचारको लागि कम्तिमाभारत जानुपर्ने, बोन म्यारो प्रत्यारोपण गर्नुपर्ने र अपेश्र न खर्च भा.रु. २४ देखि ३० लाख लाग्ने साथमा अप्रेशन
पछि पनि ३ वर्षसम्म महँगो औषधी सेन गर्नुपर्ने सुन्दा कहानी जस्तो लाग्ने र आङ नै सिरिङ्ग हुने घटना । तरपनि हरेश खाएन परिवारले । थोरै खुशी तव थपियो जव नेपालकै सिभिल सर्भिस अस्पताल काठमाण्डौमा डा.विशेष पौडेलबाट नेपालमै उपचार हुने रभारतभन्दा केही सस्तो पर्ने जानकारी प्राप्त भयो । अनि पुनर्जीवनकोआश जाग्यो परिवारमा रओमकुमारी पुन शान्तिमा र सबैमा पुकार गरिन – म बाँच्न चाहन्छु ।

अभियानको थालनी
ओम कुमारी पुन शान्तिलाई जीवनदान दिनेउद्देश्यका साथ २०७० साल वैशाख २४ गतेको भेलाले२०७० साल वैशाख २५ गते भेला सम्पन्नगर्येा। भेलाले संयोजक चन्द्रकुमारके.सी., सह–संयोजक प्रमोद श्रेष्ठ, सचिवराजकुमार थापा, कोषाध्यक्ष हरिकृष्णगौतम, सदस्यहरु कुविरकुमार श्रेष्ठ,सन्तोष रावल, राजेश शाक्य, बालकुमाररोका मगर, मनप्रसाद थजाली, घन श्यामसापकोटा, हरि गिरी, विनय श्रेष्ठ, खम बहादुर थापा, पूर्णबहादुर रोका, लोकेश पुन, किरण सापकोटा र गोविन्दसुवेदी रहेको ‘ओमकुमारी पुन (शान्ति) उपचार सहयोग समिति गठन भयो ।

सहयोगमा हातेमालो
सहयोग समिति गठन भएकै दिन रु. २,००,५५५।– संकलन भै अभियानको थालनी भयो । बेनी बजारमाभएको विभिन्न टोल भेला, नेपालको विभिन्न स्थानमा भएको भेलाबाट आर्थिक सहयोग तीव्र रुपले प्राप्त भयो। पत्रकारहरुको सहयोग, फेसबुक संजालमा गरिएको आव्हानले देश विदेशमा रहेका नेपालीहरु विशेष गरीम्याग्देली मनहरु र साथमा विदेशी शुभचिन्तकहरुलाई समेत अभियानमा संलग्न हुन प्रेरित गर्येा । एकयुवतीलाई उपचारको लागि रु. ५५,१०,४१०।– संकलन हुनु चानचुने कुरो थिएन ।

उपचारको सफलता (असफलता)
उपचारको लागि अर्थको जोहो भएपछि शान्तिको उपचार शुरु भयो । भाइ हिरा र बहिनी दिलमायाकोबोन म्यारो म्याच भएन । तेश्रो पटक भगवानले पुकार सुनिदिए – दाजु लोकेशको बोन म्यारो म्याच भयो तरयही रोगको तीन महिने तालिममा डा. विशेष पौडेल अमेरिका जानुपर्ने भएकोले अप्रेशन तीन महिना धकेलिनेअवस्था आयो । डा. विशेष पौडेलकै सल्लाहमा कलकत्तास्थित टाटा मेडिकल सेन्टरमा अपे्रशन गर्ने र काठमाण्डौमाफ्लो अप गर्ने निश्कर्ष बमोजिम २०७० असोज २५ गते दाजु लोकेश पुन मगरको बोन म्यारो बहिनी ओमकुमारी
शान्ति पुनलाई सफलतापूवर्क कलकत्तामा प्रत्यारोपण गरियो । ओमकुमारीको सफल उपचारले सबैमा हर्ष छायोर बचत रहेको रकमलाई उपचार समितिको २०७१ जेठ १८ गते बसेको बैठकले असार १४ गते सहयोग दातासम्मान र ट्रष्ट घोषणा गर्ने कार्यक्रम तय भयो तर विडम्वना हाम्रो खुशी धेरै दिन टिक्न सकेन । कसैको आँखालाग्यो क्यारे अचानक शान्तिलाई ज्वरोले च्याप्यो । अस्पताल भर्ना गरियो तर विडम्वना डा. विशेष पौडेल पनिविदामा रहेको बेला दुर्भाग्य उनको बोन म्यारो फेल भैसकेको रहेछ । पुनः प्रत्यारोपणको लागि मिति २०७१ असार८ गते कलकत्ता पु¥याइयो तर दैवको लिला उनको पुनः बोन म्यारो प्रत्यारोपणको शिलशिलामा २०७१ असार१८ गते कलकत्तास्थित टाटा मेडिकल सेन्टरमा निधन भयो । शान्तिको पार्थिव शरीरलाई २०७१ असार २१ गतेबेनी म्याग्दीकाली दोभानमा अन्त्येष्टी गरियो । यसरी ओमकुमारी पुन शान्तिलाई सदाका लागि गुमायौं ।

संस्थाको स्थापना
२०७१ भाद्र २६ गते बसेको उपचार समितिको बैठकले आर्थिक सहयोग संकलन रु. ५५,१०,४१०।– रबंकै ब्याज रु. ११०,४९१।१६ गरी कलु आम्दानी ५६२०९०१।१६ साथ ै उपचार खर्च रु. ४२,२३,८६०।– गरी बचतरु. १३९७०४१।१६ रहेको आयव्यय अनुमोदन गर्येा । उपचार समितिले शान्तिलाई पुनर्जीवन प्रदान गर्न नसकेपनि म्याग्दी जिल्लामा आर्थिक अभावमा मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यका साथ बचत रकमलाई मुल अक्षयकोषमा परिणत गरी एक पवित्र परोपकारी संस्था खोल्ने निर्णय गरी ओमकुमारी शान्ति कोषको स्थापना भयो
। संस्थापक कार्य समितिमा अध्यक्ष चन्द्रकुमार के.सी. ,उपाध्यक्ष प्रमोद श्रेष्ठ, सचिव राजकुमार थापा कोषाध्यक्षहरिकृष्ण गौतम, सह–सचिव लोक बहादुर पुन (लोकेश), सदस्यहरु राजेश शाक्य, मनप्रसाद थजाली, बिनय श्रेष्ठ, बालकुमार रोका मगर, सन्तोष रावल, खम बहादुर थापा, कुविरकुमार श्रेष्ठ र हरि गिरी रही २०७१ असोज २९गते जिल्ला प्रशासन कार्यालय म्याग्दीमा विधिवत रुपमा दर्ता भई संस्था स्थापना भयो । हाल ३८२ जना आजिवन
सदस्य रहेको उक्त संस्थाको मिति २०७१ मंसिर २७ गते सम्पन्न प्रारम्भिक भेलाले अध्यक्ष राजेश शाक्य उपाध्यक्ष, हरिकृष्ण गौतम, सचिव लोक बहादुर पुन (लोकेश) कोषाध्यक्ष खम बहादुर थापा, सहसचिव हरि गिरी,सदस्यहरुबिनय श्रेष्ठ,दिलकुमारी पुन, सुरेश पुन, कृष्ण जि.सी.,भिमनाथ शर्मा, सन्देश पुन, पूर्ण बहादुर रोका, सन्तोषरावल (सहसचिव हरि गिरी वैदेशिक रोजगारमा गएकाले रिक्त पदमा विनय श्रेष्ठ त्यस्तै सदस्य पूर्ण बहादुर
वैदेशिक रोजगारमा गएको र सन्देश पुनको स्वर्गारोहण भएकाले रिक्त पदहरुमा कुविरकुमार श्रेष्ठ र नरेशश्रेष्ठलाई मनोनित गरिएको छ ।) सल्लाहकारहरुमा चन्द्रकुमार के.सी.,प्रमोद श्रेष्ठ,राजकुमार थापा, मनप्रसादथजाली, भिम सापकोटालाई सर्वसम्मत चयन गरी संस्थाले आफ्नो कार्यलाई निरन्तरता प्रदान गरिरहेको छ ।

बचाउ अभियान
संस्थाले आफ्नो उद्देश्य बमोजिम म्याग्दी जिल्लामा रहेका आर्थिक समस्याका कारणले उपचार गर्ननसकेका विभिन्न बिरामीहरुको लागि बचाउँ अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । पार्वती दमिनी मुटु रोग, सावित्री थापा मुटु रोग, महेन्द्र गर्बुजा मृगौला रोग, विष्णु गुरुङ बस दुर्घटना घाईते, गोविन्द बस्याल करेन्ट लागेरघाइते, डक बहादुर रोका मृगौला रोग, तेजेन्द्र गुरुङ मृगौला रोग, नविन थापा मुटु रोग, नर बहादुर नेपाली मृगौलारोग, सन्तु पोखरेल मुटु रोग, मतिप्रसाद घर्ती बिजुलीको पोलबाट खसेर घाइते, रेशम कार्की हेपाटाइटिस बी र
सुगर र सात वर्षीय अरनिमा नेपाली मुटु रोगको बचाउ अभियान संचालन गरी सफल उपचार गरिएको छ ।
त्यस्तै संस्थाको तर्फबाट मोतिया विन्दु रोगी भिम बहादुर किसान र प्रमानन्द गिरी, मुटु रोगी विष्णु किसान, ढाडको रोगी चन्द्र बहादुर पुन, टि वि र निमोनिया रोगी ईश्वरी खत्री, पेटको अप्रेशन श्रीकृष्ण श्रेष्ठ (अपाङ्गताभएको र ब्लड खराबी रबी नेपालीलाई आर्थिक सहयोग उपलव्ध गराई उपचार गरिएको छ । त्यस्तै संस्थाबाटआर्थिक सहयोग उपलव्ध गराइएको मृगौला रोगी याम बहादुर बि.क. र मृगौला रोगी टंके पाईजा (उपचारकोक्रममा आत्महत्या) त्यस्तै मृगौला रोगी इन्द्र खत्रीको बचाउँ अभियानकै क्रममा स्वर्गारोहण हुन पुगेको थियो ।
हाल संस्थाबाट अविनाश बानियाँ मुटुमा मालिग्राण्ट क्यान्सर, प्रवेश वि.क. ब्लड क्यान्सर, कुमार पुन मृगौला, गबबहादुर पाईजा मृगौला रोग, फुलमाया भण्डारी ब्लड क्यान्सर र टिका कुमारी शर्मा मृगौलाको बचाउँ अभियानसंचालनमा रही उपचार र आर्थिक सहयोग संकलन जारी रहेको छ । त्यस्तै सात महिनाको मुटु रोगी आश्वानवि.क. मेनेन्जाइटिस रोगी रोजिना वि.क. र प्रेसर रोगी माया गुरुङलाई उपचारको लागि संस्थाबाट आर्थिकसहयोग उपलव्ध गराइएको छ ।

पिडामा साथ
आर्थिक अभावको कारणले मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्य लिई स्थापित संस्था भएपनि २०७२वैशाख १२ गते देशमा गएको महाभुकम्प र त्यसले पु¥याएको क्षतीले गर्दा संस्थालाई चुप लागेर बस्न दिएन ।
२०७२ वैशाख १२ गते नै सहयोग अभियान शुरु गरी देश विदेशबाट रु. २२,४३,६२१।– बराबरको नगद र जिन्सीराहतको लागि संकलन गर्न सफल भएको थियो । यसरी प्राप्त राहत अति नै भुकम्प प्रभावित नुवाकोट, गोर्खाधादिङ र पर्वत साथमा म्याग्दीका प्रभावित भुकम्प पीडितहरुलाई हस्तान्तरण गरिएको थियो । त्यस्तै भुकम्पकैकारणले गएको वैसरो पहिरो पीडित साथमा बेगखोलाको बाढी पहिरो पीडित र देविस्थान पहिरो पीडितहरुका
लागि समेत अभियान संचालन गरी राहत संकलन गरी हस्तान्तरण गरिएको थियो । त्यस्तै जिल्लाको समस्याग्रस्तविद्यालयहरुको स्तरोन्नतीको लागि विभिन्न समयमा अभियान संचालन गरी सहयोग गरिएको छ । सहयोग प्राप्तगर्ने विद्यालयहरुमा मुसुङ डोले नि.मा.वि. भकिम्ली, जनआवाज प्रा.वि. कुहुँ, बागेश्वर प्रा.वि. पुलाचौर, सरस्वतीमा.वि. तातोपानी,दिपक मा.वि. पात्लेखेत, ज्ञानोदय मा.वि. (दृष्टिविहिन श्रोत कक्षा) मौवाफाँट, धौलागिरी मा.वि.
(बहिरा श्रोत कक्षा) सिंगा, बाल जागृती प्रा.वि. (वौद्धिकअपांगता श्रोत कक्षा) बगुवाखोला, त्रिभुवन मंगला प्रा.वि.¥यालेखोर, मालिका नि.मा.वि. थाडाखानी, ताकम मा.वि. ताकम, नरमा प्रा.वि. देविस्थान, मुक्तिपथ प्रा.वि. घार, राष्ट्रिय मा.वि. रुम, जनजागृती नि.मा.वि. मल्कावाङ, जनजागृती प्रा.वि. बरंजा, थाइवाङ नि.मा.वि. थाइवाङ, शिशु प्रा.वि. झीं र म्याग्दी बालगृह रहेका छन् ।

सहयोगी र संरक्षकलाई सलाम
ओमकुमारी शान्ति बचाउँ अभियानमा सहयोग प्रदान गर्नुहुने सम्पूर्ण हातहरुप्रति कृतज्ञता व्यक्त गर्दछौं
। तपाईहरुको साथले नै ओमकुमारी शान्तिकोष स्थापना गरी अघि बढ्ने हौसला प्राप्त भएको हो । संस्थालेसंचालन गरेका बचाउँ अभियानहरु, भुकम्प र बाढी पहिरो पीडितहरुलाई राहत संकलन र विद्यालयहरुलाईउपलव्ध गराएको सहयोग प्रति नतमस्तक छौं । तपाइहरुको सहयोगले नै थप उर्जा मिली रु. १ करोड ५० लाखको
अक्षयकोष स्थापना गरी प्राप्त ब्याजबाट स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने अभियनको थालनी संस्थाले गरेकोछ । यसै अभियानलाई सार्थकता प्रदान गर्न मोना कतारले रु. ५ लाख, योगेन्द्र क्षेत्री यु.के., हरि राम्जाली अष्टे«लियाकोरिया, चक्र थापा न्यजिल्याण्ड, बिनोद कुँवर कोरिया, घन शाही बेल्जियम, राजेश शाक्य बेनी, चन्द्रकुमारके.सी. बेनी, प्रमोद श्रेष्ठ, बेनी, योगकुमार फगामी यू.के., रुद्र बहादुर गुरुङ पर्वत लेकफाँट, मुक्ति रोकाकाठमाण्डौ, लोकेश पुन बेनी न.पा. – १३ र भिम सापकोटा काठमाण्डौले जनही रु. २ लाख प्रदान गरी आजीवन
संरक्षकत्व ग्रहण गरी संस्थालाई थप हौसला प्रदान गर्नुभएको छ । संस्थाको यस अभियानमा प्रत्यक्ष अप्रत्यक्षसहयोग गर्नुहुने सहयोगी हातहरु र आजीवन संरक्षकहरुमा सलाम टक्रयाउछौं ।

सम्मानको कोशेली
भनिन्छ कर्म गर फलको आशा नगर । संस्थाले यस अवस्थासम्म गरेका मानवीय र सामाजिक कार्यकोलागि विभिन्न संघ संस्थाले सम्मान गरी हौसला प्रदान गनर्भु एकोमा कृतज्ञता व्यक्त गर्दछौं। संस्थालाई सम्मानकोशेली प्रदान गर्नुहुने मोना कतार, लखन थापा जयसिं चुमी स्मृती प्रतिष्ठान गोर्खा, जनआवाज प्रा.वि. पूर्णगाउँ, बागेश्वरी प्रा.वि. छापा र नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाप्रति आभारी छौं ।

निरन्तरताको प्रतिवद्दता
हाम्रो संस्थाको अभियानको यो त शुरुवात मात्र हो । संस्थालाई भविष्यमा पनि यस्तै साथ र सहयोगप्राप्त हुनेछ भन्ने आशावादी छौं । संस्थाको नियमित वैठक अभियानको सफलता सहयोगदाताहरुलाई स्वागत रसम्मान, आर्थिक पारदर्शिता जुन प्रयोजनको लागि रकम प्राप्त भएको हो सोही प्रयोजनमा खर्च, संस्थाकापदाधिकारीहरुको समेत आर्थिक योगदान र देश विदेशमा रहेका सहयोगदाताहरुको संस्थाप्रतिको विश्वासलेसंस्थालाई अभियान निरन्तरतामा थप बल पुगेकोले आगामी दिनहरुमा पनि निरन्तर रुपमा अभियान अघिबढाउने प्रतिवद्धता गर्दछौं। त्यसैले संस्थाको तर्फबाट आव्हान गर्दछौंकि आउनुहोस– हाम्रो यो पवित्र उद्देश्यमा
हातेमालो गरौं, कोही नछुटौं –एकै आवाजमा सबै मिलेर आवाज बुलन्द गरौं – “सहयात्रा शान्ति कोषको ।”