
म्याग्दी जिल्ला धौवलागिरी गाउँपालिका वडा नं. २, लुलाङ निवासी सत बहादुर वि.क. को श्रीमति बर्ष २७ की ओषना वि.क. को मृगौला फेल भई हाल गण्डकी हस्पिटलमा उपचार गराउनु भएका निज वि.क.को आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भयो भनी निजले यस ओमकुमारी शान्तिकोष बेनी, म्याग्दीमा उपचारका लागि आर्थिक सहयोगको निवेदन दिनु भएकोमा निज विरामीलाइ यस ओमकुमारी शान्तिकोषको गरिव विरामी उपचार अक्षयकोषको ब्याजबाट ५,०००/– अक्षेरुपीःपाँच हजार रुपैयाँ मात्र नगद आर्थिक सहयोग गरिएको छ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।