म्याग्दी बेनी नगरपालिका वडा नंं. २, फाँपरखेत निवासी पदममणी शर्माको छोरा बर्ष ४६ को महदत्त शर्मा LEC Calve Parthes रोगको सेकेण्डरी हिपको सेकेण्डरी ओष्टियो आर्थराईटिस रोग सिभिल सर्भेश अस्पताल, मिन भवन काठमाण्डौमा उपचार गराइ निज विरामी शर्माको घरको आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भयो भनी निज विरामीले यस ओमकुमारी शान्तिकोष बेनी, म्याग्दीमा उपचारका लागि आर्थिक सहयोगको निवेदन दिनु भएकोमा निज विरामीलाइ यस ओमकुमारी शान्तिकोषको गरिव विरामी उपचार अक्षयकोषको ब्याजबाट ५,०००।– अक्षेरुपीः पाँच हजार रुपैयाँ मात्र आर्थिक सहयोग गरिएकोछ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।