म्याग्दी मंगला गाउँपालिका वडा नं. ३, बंरजा निवासी डम्मर सिं कामीको श्रीमती बर्ष ३७ को देवी कामीकाे Lupus Nephritis class V ISN/RPS सम्वन्धित रोग भई दुवै किड्नीमा समस्या भई हाल पश्चिमाअञ्चल क्षेत्रीय अस्पताल पोखरमा उपचार गराइ निज विरामी कामीको घरको आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भयो भनी निज विरामीको श्रीमान डम्मरसिं कामीले यस ओमकुमारी शान्तिकोष बेनी, म्याग्दीमा उपचारका लागि आर्थिक सहयोगको निवेदन दिनु भएकोमा निज विरामीलाइ यस ओमकुमारी शान्तिकोषको गरिव विरामी उपचार अक्षयकोषको ब्याजबाट ५,०००।– अक्षेरुपीः पाँच हजार रुपैयाँ मात्र आर्थिक सहयोग गरिएकाेछ । यहाँको शिघ्र स्वास्थ्यलापको शुभकामना गर्दछौं ।