म्याग्दी धवलागिरी गाउँपालिका वडा नंं. ६ मराङ्ग निवासी तेज बहादुर पुनको छोरा बर्ष ४४ का खिम बहादुर पुनको आन्द्राको अप्रेशन गरि हस्पिटलमा उपचार भईरहेको निज विरामी पुनको घरको आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भयो भनी निज विरामीको भाई श्रीप्रसाद पुनले यस ओमकुमारी शान्तिकोष बेनी, म्याग्दीमा उपचारका लागि आर्थिक सहयोगको निवेदन दिनु भएकोमा निज विरामीलाइ यस ओमकुमारी शान्तिकोषको गरिव विरामी उपचार अक्षयकोषको ब्याजबाट ५,०००।– अक्षेरुपीः पाँच हजार रुपैयाँ मात्र आर्थिक सहयोग भुक्तानी दिई यो भरपाई गरि लियौ गरिएकोछ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।