+९७७ ९८५७६२४६०१

म्याग्दी जिल्ला दरबाङ गाविस वडा नं. ३ निवासी श्री माया गुरुङलाई दिमाख र तल्लोहरमा प्रेसरले हाने पछि उनको उपचार पोखरा स्थिति मनिपाल हस्पिटलमा भैरहेको छ । उनको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनकी जेठानी भीमकुमारी गुरुङले सहयोगको लागि ओमकुमारी शान्ति कोषमा निवेदन दिनु भएको थियो । उनको उपचारमा सहयोग होस भन्ने उद्देश्यले परिवारको इच्छा अनुसार रु १५,००० आर्थिक सहयोग गरिएको छ ।