संस्थाको परिचय

ओम कुमारी पुन शान्तिलाई जीवनदान दिने उद्देश्यका साथ २०७० साल वैशाख २४ गतेको भेलाले २०७० साल वैशाख २५ गते भेला सम्पन्न गर्यो । भेलाले संयोजक चन्द्रकुमार के.सी., सह–संयोजक प्रमोद श्रेष्ठ, सचिव राजकुमार थापा, कोषाध्यक्ष हरिकृष्ण गौतम, सदस्यहरु कुविरकुमार श्रेष्ठ, सन्तोष रावल, राजेश शाक्य, बालकुमार रोका मगर, मनप्रसाद थजाली, घनश्याम सापकोटा, हरि गिरी, विनय श्रेष्ठ, खम बहादुर थापा, पूर्णबहादुर रोका, लोकेश पुन, किरण सापकोटा र गोविन्द सुवेदी रहेको ‘ओमकुमारी पुन (शान्ति) उपचार सहयोग समिति गठन भयो । २०७१ भाद्र २६ गते बसेको उपचार समितिको बैठकले आर्थिक सहयोग संकलन रु. ५५,१०,४१०। र बैंक ब्याज रु. ११०,४९१।१६ गरी कुल आम्दानी ५६२०९०१।१६ साथै उपचार खर्च रु ४२,२३,८६०।– गरी बचत रु. १३९७०४१।१६ रहेको आयव्यय अनुमोदन गर्यो । उपचार समितिले शान्तिलाई पुनर्जीवन प्रदान गर्न नसकेपनि म्याग्दी जिल्लामा आर्थिक अभावमा मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यका साथ बचत रकमलाई मुल अक्षय कोषमा परिणत गरी एक पवित्र परोपकारी संस्था खोल्ने निर्णय गरी ओमकुमारी शान्ति कोषको स्थापना भयो। थप पढ्नुहोस

समाचार तथा गतिविधि

मुटुको अप्रेशन विरामी गंगालाई उपचार्थ आर्थिक सहयोग

म्याग्दी जिल्ला बेनी नगरपालका वडा नंं. १ रत्नेचौर निवासी बिध्दे दर्जिको श्रिमती बर्ष ६१ की गगा दर्जीको मुटुको अप्रेशन शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, काडमाण्डौमा भएको र नियमति औषधी…
Read more

कलेजोमा समस्या विरामी पाण्डेलाई उपचार्थ आर्थिक सहयोग

म्याग्दी जिल्ला भगवती गाउँपालिका वडा नं. ३ पिप्ले निवासी शेर बहादुर पाण्डे को छोरा बर्ष ५६ का राजु पाण्डे कलेजोमा समस्या भई हाल पुलिस हस्पिटलमा उपचार गराई रहनु भएकी निज…
Read more

मृगौला फेल विरामी पाण्डेलाई उपचार्थ आर्थिक सहयोग

म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नं. ३ पिप्ले निवासी राजु पाण्डे श्रीमति बर्ष ४५ की सिता पाण्डेको मृगौला फेल भई हाल बेनी हस्पिटलमा हेमो डाइलेसिस गराई रहनु भएकी निज पाण्डेको…
Read more

अध्यक्षको कलम

“म बाँच्न चाहन्छु” यो तीन अक्षरले बनेको शब्दले ध्यानाकर्षण नहुने मानिस नगन्य मात्रामा होलान । एक जना विरामी जो अस्पतालको वेडमा रोगसँग लडिरहेको छ उसले आफ्नो जीवन रक्षाको लागि आम मानिससँग गरेको अपिलको बाक्य हो यो । आज भन्दा झन्डै ६ वर्ष पहिले ओमकुमारी पुन “शान्ति” को मुखबाट निस्केको यो वाक्यले आज सयौ म्याग्देलीहरुको जीवन 
...थप
© 2025 - Om Kumari Trust. All Rights Reserved.