+९७७ ९८५७६२४६०१
अध्यक्षको कलम
“म बाँच्न चाहन्छु” यो तीन अक्षरले बनेको शब्दले ध्यानाकर्षण नहुने मानिस नगन्य मात्रामा होलान । एक जना विरामी जो अस्पतालको वेडमा रोगसँग लडिरहेको छ उसले आफ्नो जीवन रक्षाको लागि आम मानिससँग गरेको अपिलको बाक्य हो यो । आज भन्दा झन्डै ६ वर्ष पहिले ओमकुमारी पुन “शान्ति” को मुखबाट निस्केको यो वाक्यले आज सयौ म्याग्देलीहरुको जीवन बचाउन सकिएको छ । यो अभियानको एक अभियान्ता भएको नाताले गर्व लाग्छ ।
ओमकुमारी शान्ति बहिनीको जीवन रक्षाका लागि परोपकारी मनका धनि सबैले सक्दो सहयोग ग¥यौ, जुट्यौ, जुटायौ अझ यसो भनौ हामीले गर्न सक्ने सबै प्रकारका उपाय, प्रयोग गर्न सक्ने शक्ति प्रयोग ग¥यौ । हाम्रो मेहनत, आम नेपालीको आर्शिवाद लाग्यो बहिनीलाई भन्ने लागेको थियो । केही समय त अब ओमकुमारी बहिनीलाई नयाँ जीवन दियौ भनेर खुसी पनि भयौ तर हाम्रो खुसी धेरै टिक्न सकेन दुखका साथ भन्नुपर्दा ओमकुमारी बहिनीलाई हामीले बचाउन सकेनौं । अन्ततः जीवनचक्र लिलामा बहिनी समाहित हुनु भयो । यस संस्थाको गरिमामय कार्यक्रममा बहिनीलाई स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
ओमकुमारी बहिनीको उपचारबाट बाँकी रहेको झन्डै १३ लाख रकमबाट सुरु भएको ओमकुमारी शान्ति कोषको अभियान अहिले यस स्थानसम्म आईपुगेको छ यसको सम्पूर्ण श्रेय यहाहरुलाई नै जान्छ । हामीले डेढ करोडको अक्षयकोष स्थापनाको घोषणा ग¥यौ । अभियानकै दौरानमा यहाँहरुको माया, हामीप्रति देखाउनु भएको सद्भावका कारण अब डेढबाट २ करोडको अक्षय कोष पु¥याउने लक्ष्य लिएका छांै । साँच्ची हामी म्याग्देली कति मनकारी छांै भन्ने कुराको वयान शब्दबाट गर्न सकिदैन । म्याग्दी जिल्लामै रहेर व्यापार, व्यवसाय, रोजगारी गर्ने अथवा जिल्लावासीहरु त मनका धनि छौ नै झनै प्रवासमा कर्मथलो बनाउनु भएको परोपकारी मनका धनि प्रवासी म्याग्देलीहरुले यस संस्थाको संस्थागत विकासका लागि पु¥याउनु भएको योगदान हामी सदैव स्मरण गरिरहनेछांै । म्याग्दीमा कुनै विपद प¥यो प्रवासी म्याग्देली, विरामी भयो प्रवासी म्याग्देली, विद्यालय बनाउनु प¥यो प्रवासी म्याग्देली यस्ता थुप्रै उदाहरणहरु छन् जसमा प्रवासी म्याग्देलीहरुले प्रत्यक्ष भूमिका निर्वाह गर्नुभएको छ ।
ओमकुमारी शान्ति कोषको अक्षय कोष स्थापनाका लागि म अध्यक्ष भएको नाताले विश्वभर छरिएर रहनु भएका सम्पूर्ण प्रवासी म्याग्देलीहरुसँग सहकार्य गर्ने अझ भनौ यस संस्थाको अभिभावक बनाउने उद्देश्यले आर्थिक सहयोग संकलनका लागि विश्वका धेरै देश पुग्यौ जहाँ म्याग्देलीहरुको बसोवास छ । त्यसक्रममा हामीले पाएको सहयोग महत्वपुर्ण छ । अभियानको दौरानमा यूरोप तथा गल्फ देशहरुमा जसरी ओमकुमारी शान्ति कोषलाई सहयोगको वर्षा आयो साँच्चै
त्यसले हामीलाई अगाडि बढ्न थप हौसला प्रदान गरेको छ । हामीले विश्व यात्रा गर्नुको मूलतः २ वटा उद्द्रेश्य थिए । पहिलो संस्थाको २ करोड अक्षयकोष स्थापना गर्नु र दोस्रो यस संस्थाको अभिभावकहरु बनाउनु । भलै हामीले २ करोड अक्षयकोष त स्थापना गरौंला तर संस्थामा सदैव हामी रही रहन्छांै भन्ने छैन । संस्था चलाउन मानिसहरु आउने जाने क्रम त भई नै रहन्छ । अर्काे कुरा कहिले काँही राम्रो काम गर्दा गर्दै पनि गलत कदमहरु मोडिन सक्छन त्यस क्रममा यहाँहरुले अभिभावकको हिसाबले हामीलाई मार्ग निर्देश गर्नु हुनेछ । हामीलाई झकझकाउनु हुनेछ । हामीले कही गलत गर्न लाग्यौ भने यहाँहरुले खबरदारी गर्नुहुनेछ । यसमानेमा यहाँहरुले एउटा अभिभावकको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने हाम्रो उद्देश्य थियो । मलाई लाग्छ यस अभियानमा हामी सफल भएका छांै ।
संस्थाको संस्थागत हितका लागि अगाडि बढीरहँदा कहिले काँही विभिन्न बाधा अवरोधहरु पनि आउँदा रहेनछन् । विभिन्न खालका आक्षेपहरुको सामना गर्दै अगाडि बढ्नु पर्ने । तर हामीलाई लाग्ने आरोप, आक्षेपबाट कत्ति पनि विचलित भएका छैनौ । परोपकारी अभियानमा लाग्न थप हौसला मिलेको छ । किन भने हामीले संस्थाको लागि र विरामीको उपचारका लागि आएको रकम कत्तीपनि दुरुपयोग गरेका छैनौ । चाहे हामी विदेश रकम संकलनका लागि जाँदा होस चाहे शान्ति कोषले कार्यालयमा गर्ने कार्यक्रममा खर्चहरु हुन त्यो खर्च हामी स्वयम्ले गर्ने गरेका छौं । त्यसैले पनि हामीमाथि लाग्ने मिथ्या आरोपलाई सुझावको रुपमा ग्रहण गर्दै अगाडि बढ्ने प्रण गर्दछांै । हामीसँग प्रत्यक्ष रुपमा जोडीनु भएका सम्पूर्ण महानुभावहरुलाई यो कुराको अबगत नै छ । राजनीति, भाषा, धर्म, जात, जाति, भूगोलबाट टाढै राखेर विशुद्ध परोपकारको भावनाले यो संस्थालाई अगाडि बढाईरहेका छौ र बढाउने छांै ।
ओमकुमारी शान्ति कोषको अक्षय कोष स्थापनाका लागि व्यक्तिगत, संस्थागत संरक्षक ग्रहण गर्नुहुने, आजिवन सदस्यता ग्रहण गर्नुहुने, आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएको म्याग्देलीहरुलाई संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गर्दछु ।
अन्त्यमा, यस सहयात्रा स्मारिका प्रकाशनका लागि शुभकामना उपलब्ध गराउनुहुने सम्पूर्ण महानुभावहरु, स्मारिका प्रकाशनका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरु, सरकारी तथा सामाजिक संघ संस्था, समितिका साथीहरु लगायतका महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगमी दिनमा पनि निरन्तरयस संस्थाको लागि सकारात्मक सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछु धन्यवाद ।

राजेश शाक्य