+९७७ ९८५७६२४६०१

म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं. १ पूर्णगाउँ निवासी रामबहादुर पाण्डे घाँस काट्न बेला रुखबाट खसी ढाडमा समस्या भएको र महङ्गो उपचार प्रक्रिया रहेकाले उपचारमा समस्या भएको जानकारी सहित यस कोषमा आर्थिक सहयोग गरिदिनु हुन भनि निवेदन दिनु भएकोमा मिति २०७३ साल चैत्र १८ गतेको भेलाबाट ओमकुम ारी शान्ति कोषका आजिवन सदस्य समाजसेवी बाबुराम आर्चाय ज्युको संयोज कत्वमा रामबहादुर पाण्डे बचाउ अभियान संचालन गरिएको थियो । यस अभियानका सदस्यहरुमा लोकबहादुर पुन, गजेन्द्र बहादुर केसी, सुव र्ण रिजाल, सागर सुवदी, टेकबहादर राम्जाली, मनिष गौचन, ठाकुर प्रसाद आर्चाय, हरिकृष्ण गौतम, एकजीत रोका र रुकबहादु र खत्री रहनु भएको थियो ।
यस अभियानबाट विभिन्न ब्यक्ति संघसंस्थाहरुबाट रु. २,८३,२८७÷ – (अक्षरुपी दुइलाख त्रिरासी हजार दुइ सय सतासी रुपैयाँ मात्र) आर्थिक संकलन गरी निज पाण्डेको उपचारमा सहयोग गरियो ।