+९७७ ९८५७६२४६०१

म्याग्दी जिल्ला विम गा.वि.स. वार्ड नं. ९ निवासी श्री कुमार पुनको दुवै मृगौलामा समस्या देखा परे पछि उनको उपचारको लागि ओमकुमारी शान्ति कोषले अभियान सुरु गरेको छ । ओमकुमारी शान्ति कोषका कोषाध्यक्ष खम बहादुर थापाको संयोजकत्वमा कोयिाबाट ओमनारायण जुग्जाली, जापानबाट गमप्रसाद जुग्जाली, दुवैबाट महेन्द्र जुग्जाली, बलराम जुग्जाली, जर्मनबाट गंगप्रसाद शेरपुन्जा, प्रेम शेरपुन्जा, अमेरिकाबाट कर्ण गरुङ, विशेष पाईजा, साउदीबाट चकमान जुग्जाली, मलेशियाबाट अनिल पुन, ललित जुग्जाली र विमबाट खिमन जुग्जाली सदस्यमा रहेका छन् ।
मृगौला पिडित कुमार पाईजाको हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपराच भइ रहेका छ । पुनको आर्थिक संकलन अभियान पनि चलिरहेको छ ।