+९७७ ९८५७६२४६०१

म्याग्दी जिल्ला तामक–४ निवासी श्री इन्द्रा खत्रीको दुवै मृगौलामा समस्या आए पछि उनको उपचारको लागि ओमकुमारी शान्ति कोषका आजिवन सदस्य श्री सन्दीप खत्रीको संयोजकत्वमा इन्द्रखत्री बचाउ अभियन संचालन गरिएको छ । समितिका सदस्यहरुमा अष्ट्रेलियाबाट कोषका आजिवन सदस्य हरि कार्की र निवर्तमान सचिव हरि गिरी, बेनीबाट यामबहादुर केसी, कतारबाट मोना कतारका प्रमुख सल्लाहकार विक्रम कार्की र युकेबाट मोना युकेका आपतकालिन राहत संयोजक किसान जिसी रहेका थिए ।

इन्द्रा खत्रिको उपचार र आर्थिक संकलन अभियान चलिरहेकै अवस्थामा मिति २०७३ साल फागुन ६ गते इन्द्र खत्रिको असामहिक मृत्यु हुन पुगेको छ । यस घटनाले हामी सवैलाई सोकाकुल बनाएको छ । यस दुखद घडिमा मृत आत्मा प्रति हार्दिक श्राद्धन्जली अर्पण गर्दछौं । उपचारको क्रममा यस कोषबाट रु २,१९,०००÷– उपलब्ध गराइएको यो सम्मानित सभामा जानकारी गराउन चाहन्छु ।