+९७७ ९८५७६२४६०१

कुहुँबाट सदरमुकाम बेनी आउदै गरेको माइक्रोबस बेनी नगरपालिका –१२ मा भएको दुर्घटना परि बेनी नगरपालिका–१३ थामडाडा निवासी श्री विष्णु गुरुङ गम्भिर घाइते भई पोखरा मणिपाल हस्पिटल पोखरामा उपचार गरि रहनु भएको अवस्थामा गुरुङको सिघ्र स्वास्थ्य लाभकोकामना सहित उपचारमा सहयोग गर्नको लागि कुमारी बहुउद्देश्यीय सहकारी संस्था लि. बेनी बजार म्याग्दीको सक्रियतामा संकलन भएको रकम ओमकुमारी शान्ति कोष मार्फत हस्तान्तरण गरिएको थियो । उक्त हस्तान्तरण कार्यक्रममा ओमकुमारी शान्ति कोषका सल्लाहकारद्वय मन प्रसाद थजाली र राजकुमार थापा, सचिव लोकबहादुर पुन, संस्थापक सदस्य बालकुमार रोका मगर, कोषका संरक्षक सदस्य तथा कुमारी बहुउद्देशीय सहकारी संस्थाका प्रबन्धक श्री रुद्रबहादुर गुरुङ र ओमकमुारी शान्ति उपचार सहयोग समिति पोखराका सदस्य पे्रम घलके ो उपस्थितिमा रु १,०८,५००÷– रुपैयाँ हस्तान्तरण गरिएको थियो ।