टाउकाेकाे अप्रेशन गर्न घर्तीलाइ आर्थिक सहयाेग

म्याग्दी जिल्ला, मालिका गाउँपालिका वडा नं. ३ डाडाँगाऊ निवासी लक्षुमन घर्तीको छोरा बर्ष ५२ को डील बहादुर घर्तीको टाउकोको अप्रेशन गण्डकी हस्पिटल, पोखरामा भैईसकेको र दास्रो पटक अप्रेशन गर्नु पर्ने भएको र निजको घरको अवस्था कमजोर भएको र उपचार गर्न समस्या भएकाले निज विरामीको आफन्त (भतिज) मन बहादुर बुढाले यस ओम कुमारी शान्ति कोष बेनी, म्याग्दीमा उपचारका लागि आर्थिक सहयोगको निवदेन दिनु भएकोमा निज विरामीलाई संस्थाको अध्यक्ष राजेश शाक्यबाट रु ३,०००/– र ओम कुमारी शान्ति कोष गरिव विरामी उपचार अक्षयकोषको व्याजबाट रु १५,०००/– गरि कुल १८,०००­/– अक्षेररुपी ः अठार हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । यहाँको शिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।