म्याग्दी जिल्ला बेनी नगरपालिका–७ मंगलाघाट निवासी यस संस्थाको आजिवन सदस्यता श्री अमृता शाक्य ज्यूबाट आज पर्न गएको शुभ जन्मदिनको अवसर पारेर धवलागिरी गा.पा.–७ धारापानीका कलेजो प्रत्यारोपण विरामी खड्क बहादुर थापाको उपचारको लागि रु २,५००/– (अक्षेरुपी ः दुई हजार पाँच सय रुपैयाँ) आर्थिक सहयोग गर्नुभएकोछ । यहाँको सहयोगको उच्च कदर गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछौं, साथै जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं । यहाँको सम्पुर्ण परिवारमा सु–स्वास्थ्यको एवम उज्ज्वल भविश्यको हार्दिक कामना गर्दछौं ।