+९७७ ९८५७६२४६०१

मिति २०७७ असार २५ गतेदेखि परेको अबिरल वर्षाको कारण म्याग्दि जिल्लाको बिभिन्न ठाउँमा ठुलो मात्रमा जन धनको क्षति भएको छ । यस बिपतको घडिमा पिडितहरुलाई राहत वितरण गर्नका लागि यस ओमकुमारी शान्तिकोष द्धारा आर्थिक संकलन आहाव्न गरिएको थियो । स‌ंस्थाकाे आहाव्नलाई आत्मसाथ गर्दै डेनमार्कलाइ कर्मथलो बनाएका बेनपा–५ पुलाचौर निवासी कृष्ण पौडैल, बेनपा – ६ निवासी श्री हरी क्षेत्री, शोभा बानियाँ र बेनपा–४ तातोपानी निवासी रविन श्रेष्ठ, उषा पुन मगर को सक्रियतामा डेनमार्क स्थित नेपालीहरुबाट रू २,४५,४७५/– (दुइ लाख पैचालिस हजार चार सय पचहत्तर रुपैयाँ) आर्थिक संकलन गरी पठाउनु भएको थियो । उक्त रकम संस्थाको सचिवालयमा आयोजित कार्यक्रममा चन्द्र कुमारी खत्री र कृष्ण के.सी. द्धारा संस्थाका अध्यक्ष राजेश शाक्यलाई हस्तानतरण गरिएको थियाे । आर्थिक सहयोग गर्नु हुर्ने सम्पुर्ण परोपकारी मनहरुलाई अध्यक्ष राजेश शाक्यले धन्यवाद ज्ञापन गुर्नभएको थियो ।