+९७७ ९८५७६२४६०१

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको संस्थागत विकासका लागि एक ब्यक्तिले २५ हजार आर्थिक सहयोग गरेका छन् । बेनीबजारको हुलाकचोकमा लामो समयदेखी ब्यवसाय गदैं आइरहेका रिजाल फोटो सेन्टरका प्रोपाइटर भोजबहादुर रिजालले कोषको संस्थागत विकासमा आर्थिक सहयोग गरेको कोषले जनाएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य, कोषका आजिवन सदस्य तथा लायन्स क्लव बेनी पिस सिटीका सचिव रिजालले कोषको संस्थागत विकास अन्र्तरगत आजिवन सदस्यलाई उपलब्ध गराउने ब्याज खरिदमा सहयोग गरेको सचिव लोकेश पुन मगरले बताए । ‘संस्थागत विकासका लागि सदस्यहरुबाटै सहयोग संकलन गरिरहेका छौ,‘उपचारको एकरुपैयाँ पनि संस्थागत गतिविधिमा गरिदैन’ पुनले भने ।

कोषले उपचारको सिलसिलामा गर्ने घोषणा अभियान, सम्मान र भ्रमणमा संस्थाका पदाधिकारी र कार्यसमिति सदस्यले खर्च गर्ने गरेको अवस्थामा संस्थाको पहिचान तथा संस्थागत विकासमा आजिवन सदस्यबाट प्राप्त सहयोगलाई सोही अनुसार खर्च गरिने कोषका अध्यक्ष राजेश शाक्यले बताए ।

बेनी नगरपालिका–४ सिंगाकी ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको थियो । कोषले हालसम्म ७५ जनालाई आर्थिक सहयोग तथा उपचारको अभियान सञ्चालन गरेको छ ।कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ । आर्थिक अभावका कारण घरमै थलिएका विरामीलाई समेत सहयोग गरी उपचारमा सघाउने गरिएको छ ।

कोषले आर्थिक संकलन गरी उपचार गरेका विरामीले निको भएर फर्किने बेलामा आजिवन सदस्यता लिने गरेका छन् । प्राकृतिक विपत्तीमा परेकालाई राहत उपलब्ध गराउने गरिएको छ । कोषका अभियानलाई प्रभावकारी बनाउन स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले जन्मदिन, विवाह, बर्तबन्ध, आफन्तको सम्झना लगाएत विभिन्न कार्यहरूमा समेत सहयोग उपलब्ध हुने गरेको छ ।