म्याग्दी जिल्ला रघुगंगा गा.पा.–२ साझापानीका धन बहादुर भण्डारी खेत जोट्ने क्रममा हाते ट्याक्टरले दाईने खुट्टा काटि गम्भिर घाईते भएका निजको उपचार्थ गरिव विरामी उपचार ओमकुमारी शान्ति कोष अक्षयकोषको व्याजबाट रु १५,०००/– (अक्षेरुपी ः पन्ध्र हजार रुपैयाँ) आथिक सहयोग गरिएको छ । यहाँको शिघ्र स्वास्थ्यलापको हार्दिक कामना गर्दछौ ।

म्याग्दी जिल्ला मंगला गा.पा. – ३, झाक्रेपानी निवासी धनबहादुर कामी विगत ५ बर्षदेखि अक्सिजन लगाइ जिउनु भएका निजको सहयोगार्थ ओम कुमारी शान्ति कोष गरिव विरामी उपचार अक्षयकोषको ब्याजबाट रु ७,०००/– (अक्षेरुपीः सात हजार रुपैयाँ ) आर्थिक सहयोग गरिएको छ । निजको शिघ्र स्वास्थ्यलापको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

म्याग्दी जिल्ला रघुगंगा गा.पा.–८ निवासी कलिमा वि.क. थाइराइड रोगको उपचार गराई रहनुभएका निजको थप उपचारको लागि ओम कुमारी शान्ति कोष गरिब बिरामी उपचार अक्षयकोषको व्याजबाट रु ८,०००/– (अक्षेरुपी ः आठ हजार रुपैयाँ) आर्थिक सहयोग गरिएकोछ । यहाँको सिघ्र स्वास्थ्यलापको कामना गर्दछौं ।

म्याग्दी जिल्ला बेनी नगरपालिका–७ मंगलाघाट निवासी यस संस्थाको आजिवन सदस्यता श्री अमृता शाक्य ज्यूबाट आज पर्न गएको शुभ जन्मदिनको अवसर पारेर धवलागिरी गा.पा.–७ धारापानीका कलेजो प्रत्यारोपण विरामी खड्क बहादुर थापाको उपचारको लागि रु २,५००/– (अक्षेरुपी ः दुई हजार पाँच सय रुपैयाँ) आर्थिक सहयोग गर्नुभएकोछ । यहाँको सहयोगको उच्च कदर गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछौं, साथै जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं । यहाँको सम्पुर्ण परिवारमा सु–स्वास्थ्यको एवम उज्ज्वल भविश्यको हार्दिक कामना गर्दछौं ।

म्याग्दी जिल्ला रघुगंगा गाऊपालिका वडा नं. ७ निवासी तारानाथ शर्मा ज्यूबाट आज पर्न गएको शुभ जन्मदिनको अवसर पारेर ओम कुमारी शान्तिकोषको गरिव बिरामी उपचार अक्षयकोषमा रु ११,१११/– (अक्षेरुपीः एघार हजार एक सय एघार रुपैयाँ) आर्थिक सहयोग गर्नु भई आजिवन सदस्यता ग्रहण गर्नुभएकोछ । यहाँको सहयोगको उच्च कदर गर्दै हार्दिक आभार धन्यवाद व्यक्त गर्दछौं । साथै शुभ जन्मदिनको सुखद अवसरमा सुख शान्ति, समृद्धि, सु–स्वास्थ्य दिर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । यहाँको सम्पुर्ण परिवारमा सु–स्वास्थ्य एवम उज्ज्वल भविश्यको कामना गर्दछौं ।

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ७ मंगलाघाट निवासी यस स‌स्थाकाे आजिवन सदस्य श्री रेनुका बज्रार्चायबाट धवलागिरी गा.पा.–७ धारापानीका Liver Tranplant बिरामी खड्क बहादुर थापाको उपचारको लागि रु ५,०००/– (अक्षेरुपी ः पाँच हजार  रुपैयाँ) आर्थिक सहयोग गर्नुभएकाेछ । यहाँको सहयोगको उच्च कदर गर्दै हार्दिक धन्यवाद ब्यक्त गर्दछौं । साथै शुभ जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
यहाँकोहरुको सहयोगले बिरामीले जिवनदान पाउनेछ तसर्थ यहाँहरुमा आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अुनरोध गर्दछौं ।
म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ७ मंगलाघाट निवासी श्री लोक बहादुर खड्का र श्रीमती सोचिना खड्का ज्यूबाट सोचिना खड्काको शुभ जन्मदिन पारेर धवलागिरी गा.पा.–७ धारापानीका Liver Tranplant बिरामी खड्क बहादुर थापाको उपचारको लागि रु ५,५५५/– (अक्षेरुपी ः पाँच हजार पाँच सय पच्चपन्न रुपैयाँ) आर्थिक सहयोग गर्नुभएकाेछ । यहाँको सहयोगको उच्च कदर गर्दै हार्दिक धन्यवाद ब्यक्त गर्दछौं । साथै शुभ जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
यहाँकोहरुको सहयोगले बिरामीले जिवनदान पाउनेछ तसर्थ यहाँहरुमा आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अुनरोध गर्दछौं ।
म्याग्दी जिल्ला धवलागिरी- ७ धारापानी हाल बेनपा-७ मंगलाघाट निवासि राजेन्द्र थापा र श्रीमती पुष्पा खड्का थापा ज्यूबाट राजेेेेेेेन्द्र थापाकाे जन्मदिन पारेर Liver Transplant बिरामि खड्क बहादुर थापाकाे उपचारका लागि रू ६५००/- ( अक्षेरूपि- छ हजार पाँच सय रूपैयाँ) आर्थिक सहयाेग गर्नुभएकाे छ । यहाँकाे सहयाेगकाे उच्च कदर गर्दै हार्दिक धन्यबाद ब्यक्त गर्दछाै । साथै जन्मदिनकाे शुभकामना ब्यक्त गर्दछाै ।
यहाँकाे सहयाेगले बिरामीले जिबनदान पाउनेछ तसर्थ सहयाेग गरिदिनुहुन हार्दिक अनुराेध गर्दछाैं ।
पर्वत जिल्ला जलजला गा.पा. –७, मिलनचोक निवासी पुजा के.सी. ज्यूबाट कलेजो ट्रान्सपलान्ट बिरामी खड्क बहादुर थापाको उपचारका लागि रु ८,०००/– (अक्षेरुपी ः आठ हजार रुपैयाँ) आर्थिक सहयोग गर्नुभएको छ । यहाँको सहयोग उच्च कदर गर्दै हार्दिक धन्यवाद गर्दछौ ।
यहाँको सहयोगले बिरामीले नयाँ जिवन पाउनेछ तसर्थ सक्दाे सहयोग गरिदिनुहुन हार्दिक अुनरोध गर्दुछ ।

म्याग्दी जिल्ला धवलागिरि गा.पा. - ७ का बिष्णु प्रकाश तुलाचनकाे बायाँ हात भाचियकाे र स्टिल राखि अप्रेशन गरिएकाे र उक्त स्टिल निकाल्न फेरि अप्रेशन गर्नुपर्ने र निजकाे उपचारका लागि ओम कुमारी शाान्ति काेष गरिब बिरामि उपचार अक्षयकाेषकाे ब्याज बाट रू ८,०००/- (अक्षेरूपि:- आठ हजार रूपैयाँँ) आर्थिक सहयाेग गरिएकाेछ । यहाँकाे शिघ्र स्वास्थ्यलापकाे कामना गर्दछाैं ।