म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ७ संगमचोक निवासी सरोज आर्टका प्रो. श्री सरोज कुमार श्रेष्ठ र श्रीमती सृजना श्रेष्ठ ज्यूबाट संस्थाको सचिवालय व्यवस्थापन गर्न शोफा सेट खरिदका लागि रु २०,०००/– (अक्षेरुपीः बीस हजार रुपैयाँ) आर्थिक सहयोग गर्नुभएको छ । यहाँको सहयोगको उच्च कदर गर्दै हार्दिक आभार धन्यवाद व्यक्त गर्दछौ । यहाँको सम्पुर्ण परिवारहरुमा सुख शान्ति, सु–स्वास्थ्य, दिर्घायु एवम उज्ज्वल भविश्यको हार्दिक कामना गर्दछौं ।

पर्वत जिल्ला माहाशिला गाउँपालिका वडा नं. ३ बालाकोट हाल म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ७ बैंकरोड निवासी ए टु जेड फर्निचर शोरुमका प्रो. श्री कुल बहादुर क्षेत्री ज्यूबाट संस्थाको गरिव विरामी उपचार अक्षयकोषमा रु ११,१११/– (अक्षेरुपीः एघार हजार एघार सय एघार रुपैयाँ) आर्थिक सहयोग गर्नु भई आजिवन सदस्यता गह्रण गर्नुभएको छ । यहाँको सहयोगको उच्च कदर गर्दै हार्दिक आभार धन्यवाद व्यक्त गर्दछौ । यहाँको सम्पुर्ण परिवारहरुमा सुख शान्ति, सु–स्वास्थ्य, दिर्घायु एवम उज्ज्वल भविश्यको हार्दिक कामना गर्दछौं ।