म्याग्दी जिल्ला बावियाचौर –३, खुम्लीया निवासी श्री टिका कुमारी शर्मा लामो समय देखि मृगौलाबाट
पिडित हुनुहुन्छ । आप्mनो सामथर््यले भ्याएसम्म उपचार गर्दा पनि रोग निको नभए पछि शर्मा ओमकुमारी शान्ति
कोषमा सहयोगको आचना गर्दै आइ पुग्नु भएको थियो । निज शर्माको मृगौला प्रत्यारोपण गर्नको लागि कोषले
उपाध्यक्ष हरिकृष्ण गौतमको संयोजकत्वमा आर्थिक संकलन अभियान संचालन गरेको छ भने निज शर्माको
भक्तपुर स्थिति मानब अंग प्रत्यारोपण केन्द्रमा उपचार भइ रहेको छ ।
अभियानका संयोजक ः हरीकृष्ण गौतम
सदस्य ः खगेन्द्र रोका
सदस्य ः मुक्ति रोका
सदस्य ः लोक राम्जाली
सदस्यः रुपेश राम्जाली
सदस्यः कुहु समाज काठमाण्डौ
सदस्य ः सुरेश पुन
सदस्य ः एकजीत रोका

म्याग्दी जिल्ला ताकम गा.वि.स. वडा नं. ४ निवासी श्री फुलमाया भण्डारी ब्लडको क्यान्सरबाट पिडित हुनुहुन्छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएकाले उनि ओमकुमारी शान्ति कोषमा आइ पुगेकी थिइन । उनको उपचारको लागि ओमकुमारी शान्ति कोषले पत्रकार एवम् ओमकुमारी शान्ति कोषका आजिवन सदस्य सन्तोष गौतमको संयोजकत्वमा आर्थिक संकलन अभियान संचालन गरिएको छ । देश विदेशमा आर्थिक संकलन अभियान तिब्र पारिएको छ भने भरतपुर स्थित क्यान्सर हस्पिटलमा उनको उपचार भई रहेको छ ।

उपचार सहयोग समिति ः
संयोजक ः सन्तोष गौतम
सदस्य ः चक्र बहादुर थाप,ा न्यजिल्याण्ड
सदस्य ः बेल बहादुर शेरचन, साउदी
सदस्य ः राजाराम सुवेदी, बहराइन
सदस्य ः जिवन थापा, जापान
सदस्य ः सुनेस केसी, कोरिया
सदस्य ः युक्त बहादुर थापा, अष्टे«ि लया
सदस्य ः टेक प्रसाद पुन, हङकङ
सदस्य ः बालकृष्ण आचायर्, कतार
सदस्य ः पुस्कर भण्डारी, ताकम

म्याग्दी जिल्ला हिस्तान गाविस वाड नं. ९ दोसल्ले निवासी गबहबादुर पाईजा पुन मृगौलाबाट पिडित ब्यक्ति हुन । आर्थिक अवस्था कमजोर भएकै कारण उनको उपचारमा समस्या भएकाले उनले ओमकमुारी शान्ति कोषमा निवेदन दिएका थिए । ओमकुमारी शान्ति कोषका कोषाध्यक्ष खम थापाको संयोजकत्वमा गवबहादुर बचाउ अभियान संचालन गरिएको छ । उनको आर्थिक संकलन अभियान र उपचार चलिरहको छ ।

गवबहादुर बचाउ समितिः
संयोजक ः खम थापा सदस्यहरु ः सु. टिकावर पुर्जा पोखरा, लिल पुन युके, निरज पुन जापान,
सोमबहादुर गर्बुजा हङकङ, प्रदिप पुन, तिर्थ बहादुर गर्बजु ा, मन पुर्जा अवगानिस्थान, कुमार पुन , भरत पुन

म्याग्दी जिल्ला विम गा.वि.स. वार्ड नं. ९ निवासी श्री कुमार पुनको दुवै मृगौलामा समस्या देखा परे पछि उनको उपचारको लागि ओमकुमारी शान्ति कोषले अभियान सुरु गरेको छ । ओमकुमारी शान्ति कोषका कोषाध्यक्ष खम बहादुर थापाको संयोजकत्वमा कोयिाबाट ओमनारायण जुग्जाली, जापानबाट गमप्रसाद जुग्जाली, दुवैबाट महेन्द्र जुग्जाली, बलराम जुग्जाली, जर्मनबाट गंगप्रसाद शेरपुन्जा, प्रेम शेरपुन्जा, अमेरिकाबाट कर्ण गरुङ, विशेष पाईजा, साउदीबाट चकमान जुग्जाली, मलेशियाबाट अनिल पुन, ललित जुग्जाली र विमबाट खिमन जुग्जाली सदस्यमा रहेका छन् ।
मृगौला पिडित कुमार पाईजाको हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपराच भइ रहेका छ । पुनको आर्थिक संकलन अभियान पनि चलिरहेको छ ।

ओमकुमारी शान्ति कोषको अगुवाईमा हिस्तान गाबिस–९, म्याग्दीका ४ वर्षका बालक प्रबेश विकको उपचार चलिरहेको छ । ब्लड क्यन्सरबाट पिडित विकको चितवनको भरतपुर स्थित वि.पि. कोइराला मेमोरियल क्यान्सर हस्पिटलमा उपचार भइरहेको छ । उपचार प्रक्रिया अन्तरगत हाल सम्म उनको ४ वटा किमो दिइ सकिएको छ । ८आं ै चरणको किमो दिए पछिमात्र अपरशे न गरिने छ । अहिलेसम्म यस काष्े ाबाट रु. १,१०,०५७÷– आर्थिक सहयोग उपलब्ध गराइएको ब्यहोरा यस सम्मानित सभामा जानकारी गराउन चाहन्छु ।

म्याग्दी जिल्ला दरबाङ गाविस वडा नं. ३ निवासी श्री माया गुरुङलाई दिमाख र तल्लोहरमा प्रेसरले हाने पछि उनको उपचार पोखरा स्थिति मनिपाल हस्पिटलमा भैरहेको छ । उनको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनकी जेठानी भीमकुमारी गुरुङले सहयोगको लागि ओमकुमारी शान्ति कोषमा निवेदन दिनु भएको थियो । उनको उपचारमा सहयोग होस भन्ने उद्देश्यले परिवारको इच्छा अनुसार रु १५,००० आर्थिक सहयोग गरिएको छ ।

म्याग्दी जिल्ला भकिम्ली गा.वि.स. वडा नं. ४ निवासी श्री रोजिना विक विरामी भई जिल्ला हस्पिटल बेनीमा आईन । उनीलाई पोखरा रिफर गरियो । विरामीको आर्थिक अवस्था कमजोर भएकाले पोखरा जान नसक्ने अवस्था आए पछि जिल्ला हस्पिटल बेनीका डा. रोशन न्यौपानेको अनुरोधमा रु १०,००० आर्थिक सहयोग गरिएको छ । विक मिनिन्जाइटिस रोगबाट पिडित हुनुहुन्थ्यो ।

आर्थिक अभावका कारण बैदेशिक रोजगारमा पुगेका बावु बेलबहादुर विक काम गर्ने क्रममा दुर्घटनामा पर्नु भयो । एउटा खटु ्टा राम्रो संग नचल्ले अवस्था लिएर विक घर फर्क े । दवै को लिला पनि कस्तो हो, उनको ७ महिनाको छोरा विश्वान विक जन्मदै मुटुमा प्वाल लिएर जन्मिए । छोराको उपचार गर्ने आर्थिक अवस्था नभएका विक परिवार कुहुँ गाविस वडा नं.६ तुसारेपानीको स्थायी बासिन्दा हुन । विश्वान विकको मुटुको अप्रेसनको लागि कोषले १० हजार आर्थिक सहयोग संगै आवश्यक ब्यवस्था मिलाएको छ । यस अभियानमा कुहुँ समाज काठमाण्डौले खाना र वस्ने ब्यवस्था मिलाएको छ ।

म्याग्दी जिल्ला तामक–४ निवासी श्री इन्द्रा खत्रीको दुवै मृगौलामा समस्या आए पछि उनको उपचारको लागि ओमकुमारी शान्ति कोषका आजिवन सदस्य श्री सन्दीप खत्रीको संयोजकत्वमा इन्द्रखत्री बचाउ अभियन संचालन गरिएको छ । समितिका सदस्यहरुमा अष्ट्रेलियाबाट कोषका आजिवन सदस्य हरि कार्की र निवर्तमान सचिव हरि गिरी, बेनीबाट यामबहादुर केसी, कतारबाट मोना कतारका प्रमुख सल्लाहकार विक्रम कार्की र युकेबाट मोना युकेका आपतकालिन राहत संयोजक किसान जिसी रहेका थिए ।

इन्द्रा खत्रिको उपचार र आर्थिक संकलन अभियान चलिरहेकै अवस्थामा मिति २०७३ साल फागुन ६ गते इन्द्र खत्रिको असामहिक मृत्यु हुन पुगेको छ । यस घटनाले हामी सवैलाई सोकाकुल बनाएको छ । यस दुखद घडिमा मृत आत्मा प्रति हार्दिक श्राद्धन्जली अर्पण गर्दछौं । उपचारको क्रममा यस कोषबाट रु २,१९,०००÷– उपलब्ध गराइएको यो सम्मानित सभामा जानकारी गराउन चाहन्छु ।

 

बेनपा २, अर्जम, म्याग्दी निवासी ७ बर्षिय बालिका अरनिमा नेपालीको मुटुमा प्वाल परेको र आर्थिक अभावका कारणउपचार गर्न नसकिएकोले उनकी आमा निशा नेपालीले यस ओमकुमारी शान्ति कोषमा सहयोगको याचना गर्नु भएको थियो । कोषका उपाध्यक्ष हरिकृष्ण गौतमको संयोजकत्वमा कोषले अरनिमा बचाउ अभियान संचालन गरेको छ । समितिको सदस्यमा घनश्याम सापकोटा, प्रकाश पौडेल, राजेश थापा, आशिष परियार झिल्के (मलेशिया), रामचन्द्र थापा (इटली) याम सिंजाली मागर (कतार) खगेन्द्र थापा (साउदी) रहनु भएको छ । मिति २०७३ गते पौष १२ गत े अरिनमा नेपालीका े मुटुको अपेश्र न सफलतापूर्वक सम्पन्न भएको छ । अहिले नेपालीले नियमित औषधी सेवन गर्नुका साथै फ्लोअप चलिरहको छ । हालसम्म अरनिमा नेपालीको उपचारमा यस कोषबाट रु १,५३,९४७÷– उपलब्ध गराइएको छ भने अरनिमा नेपालीको बचत खातामा रु २,१७,०५२÷– रकम रहेको जानकारी गराउदछौं ।